पोखरामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पोखरामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

death

पोखरा । पोखरामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुष रहेका छन्। उनमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने उनको हिजो मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । यस्तै पर्वत जिल्ला जलजला गाउँपालिकाका ७ का ७४ वर्षीय पुरुषको पनि हिजो उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ।

उनमा हिजोमात्रै कोरोना संक्रमित पुष्टि भएको थियो।उनीसँगै गण्डकीमा मृत्यु हुनेको कुल संख्या २३७ पुगेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);