सल्यानमा उपचाररत २ जना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सल्यानमा उपचाररत २ जना संक्रमितको मृत्यु

सल्यान । कोभिड-१९ संक्रमणबाट सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

बागचौर नगरपालिका वडा नम्बर २ चिल्ढाले निवासी ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । मंगलबार दिउँसो टाउको दुख्ने ज्वरो आउने भएपछि अस्पताल ल्याइएकी उनको चेक जाँच गर्दा कोरोनना पोजेटिभ देखिएको थियो ।

संक्रमितको अस्पतालको आइसोलेशनमा उपचारकै क्रममा बुधबार बिहान ७ः ४० मा मृत्यु भएको हो । त्यस्तै शारदा नगरपालिका १ श्रीनगरका ७४ वर्षीय पुरुष मंगलबार राती मृत्यु भएको छ । खोकी र श्वास फेर्न गाह्रो भएपछि १६ गते राती अस्पताल भर्ना भएका संक्रमितको कोभिडका कारण निमोनिया भई मंगलबार राती मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले बताए ।

यससँगै कोरोनाबाट बैशाख यता सल्यानमा ८ र बाहिरी जिल्लामा ३ गरी ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार हालसम्म सल्यानमा एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ कोरोना संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);