सल्यानमा माटो खन्ने क्रममा एकको मृत्यु, एक घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सल्यानमा माटो खन्ने क्रममा एकको मृत्यु, एक घाईते

सल्यान, १५ चैत । सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ बर्षिय एलि चलाउनेको माटो खन्ने क्रममा माथि बाट आएको ढिस्कोले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

शनिवार दिउसो ५ जना महिला घर देखि १० मिनेट टाढा घर पोत्ने माटो खन्ने क्रममा माथि बाट आएको माटोको ढिस्कोले लागेर सोही ठाउँ बस्ने ३२ बर्षिय पौरी बोहरा र एलि चलाउने गम्भिर घाईते भएका थिए ।

चलाउनेको उपचारको लागि श्रीनगरमा रहेको सारदा मेट्रोमा उपचार गर्न ल्याएको र अवस्था गम्भिर भएपछि थप उचारको लागि जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

गम्भिर घाईते बोहराको भने श्रीनगरमा रहेको सारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);