माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई सामान्य घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई सामान्य घाइते

mato

सिरहा, असोज २७ गते । सिरहाको मिर्चैया नगरपालिका ६ जीवा टोल नजिकै रहेको बजरंग सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

श्री नम्बर १ वन तथा पर्यावरण सुरक्ष गण भित्र रहेको सामुदायिक वनमा माटो खन्ने क्रममा धनुषाको धनुषाधाम नगरपालिका ८ भिमानका १७ वर्षिय सुदिप आलेमगर ढिस्कोमा परी मंगलबार मृत्यु भएको छ ।

मिर्चैयाँ नगरपालिका ६ मा रहेको मामाघर आएको आलेमगर माटो लिन गएका बेला ढिस्कोमा परी मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले बताउनुभयो।

माटोको ढिस्कोमा परी मिर्चैया नगरपालिका ६ की २१ वर्षिर्या मुना मगर र २२ वर्षिया पूजा मगर समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);