विगतभन्दा फरक देखिएको होली पर्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विगतभन्दा फरक देखिएको होली पर्व

अप्सरा गौतम
काठमाडौं, १५ चैत ।
बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व परम्परागत रुपमा विभिन्न रङ खेली मनाउने प्रचलन रहेको छ । यस पर्वका दिन काठमाडौंको बसन्तपुरमा एक हप्ता अघि गाडिएको चीरलाई आजकै दिन टुँडीखेलमा लगी ढालिन्छ ।

चिर ठड्याईएको ठाउँ बसन्तपुरमा होलीका दिन होली खेल्न सर्वसाधरणको खचाखच भिड हुने गर्दछ । तर यस वर्षको होली भने अलि फरक देखिएको छ । यस पटक कोरोना भाइरसको जोखिमका कारण होली पर्व पनि प्रभावित भएको छ । प्रशासनले होली पर्वमा बढी भिडभाड हुने र यसले जोखिम निमत्याउने भन्दै सार्वजनिक स्थानमा होली खेल्न रोक लागाए पनि स्वस्थ्य मापदण्डको वेवास्ता गर्दै सर्वसाधारण भने होली खेली रमाई रहेका छन् ।

केही मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् भने काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँदै आएका थिए तर यस वर्ष सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेको छ । प्रशासनको आग्रह विपरीत युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर एकआपसमा रङ दली होली पर्व मनाई रहेका छन् ।

बिहान १० बजेबाट नै होली खेल्न मानिसहरु बसन्तपुर क्षेत्रमा पुगेका थिए । सुरुमा सर्वसाधारणको भिड कम देखिएपनि पछि ठूलो समूह जम्मा भएपछि प्रहरीलाई पनि रोक्न कठिन भएको छ ।

त्यस्तै होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);