काठमाडाैंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईयो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडाैंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईयो

Holi

काठमाडाैं, ३० फागुन । काठमाडाैंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईएको छ । हनुमानढोकास्थित बसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याईएको हो ।

चीर ठड्याएसंगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए ।

रंगहरुको यो पर्वमा मात्रै रंगहरुसहित होली खेल्न पाईन्छ । अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको छ ।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साईतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याईएको हो।

चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । सचिव मानन्धरले मल्लकालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको बताए । उनले होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रही आएको बताए ।

होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका ध्वजापतकासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडाैं लगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);