होलीको चिरोत्थान गर्ने साइत आइतबार ८ बजेर ३६ मिनेटमा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

होलीको चिरोत्थान गर्ने साइत आइतबार ८ बजेर ३६ मिनेटमा

holi suru

काठकाडौं, ७ चैत । होलीको चिरोत्थान खडा गर्नका लागि आइतबार बिहान ८ बजेर ३६ मिनेटमा साइत निकालिएको छ । चिरोत्थानका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आइतबार बिहान ८ः३६ बजेको साइत निकालेको हो । चिरोत्थान पश्चात होली पर्व विधिवत रुपमा सुरु भएको मानिन्छ ।

चिरोत्थान गर्ने साइतमा बसन्तपुरमा छत्रका रूपमा स–साना कपडाका टुक्रा बाँधेर रंगीचंगी ध्वजापताका झुन्ड्याइ बनाइएको तीन तल्ले चीर ठड्याइएसँगै विधिवत् रुपमा होली सुरु हुने गर्दछ । फागु पूर्णिमाको दिन हर्ष बढाई गरेर यो चीर ढालिन्छ । ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लागेर दहन गरेपछि औपचारिक रुपमा होली सकिन्छ । त्यसैगरी चीर दहन गर्ने दिन टुंडिखेलकोमध्ये भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ।

होली अर्थात फागुलाई बसन्त ऋतुमा पर्ने प्रमुख पर्वका रुपमा लिइन्छ । हरेक वर्षको फागु पूर्णिमाको दिन नेपालको पहाडी क्षेत्रमा होली मनाइँदै आएको छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट मनाउने प्रचलन रहि आएको छ ।

वसन्त उत्सवका रुपमा मनाईने रंगहरुको पर्व होलीको पौराणिक महत्व रहेको छ । फागुको चिरोत्थान र गोपीनीहरूको रंगीन कपडाको प्रसंग यसरी जोडिन्छ । कृष्ण भगवानको रासलीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतीकको रुपमा अग्लो खम्बामा रंगीचंगी कपडा राख्ने गरिएको हो । नेपाल एकीकरणपछि यो चलन सुरु भएको संस्कृतिका ज्ञाताहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);