पोखरामा लागुऔषध सहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरामा लागुऔषध सहित भारतीय नागरिक पक्राउ

पोखरा , ७ चैत । पोखरा महानगरपालिका वडा नं (१० अमरसिंह चोकबाट एक भारतिय नागरीक अवैध लागु औषध सहित पक्राउ परेका छन् ।

हिजो बिहानै अन्दाजी ५ बजेको समयमा पोखरा महानगरपालिका १० अमरसिंह चोकमा पैदल हिंडिरहेका भारत उत्तर प्रदेश घर बताउने २८ वर्षीय जयरामलाई लागु औषधसहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

शंकासपद अवस्थामा हिंडिरहेका उनलाई प्रहरीले चेक जांच गर्दा कालो झोलामा बोकेको अवैध नुर्फिन ५५ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५४ एम्पुल गरी जम्मा १६५ एम्पुल र नगद अठ्ठाईस हजार तीन सय पैंसठ्ठी रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनी माथि लागुऔषध सम्बन्धित मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);