पोखराबाट लागु औषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पोखराबाट लागु औषधसहित दुई जना पक्राउ

pakrau

पोखरा, २२ चैत्र । पोखराबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बारा जिल्ला कलैया ५ घर भएका २० वर्षीय गोविन्द शाह र सोही ठेगाना भइ वडा नं ११ बस्ने २० वर्षीय मनु गिरीलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागु औषध नाईट्रोभ्याट ४७ एम्पुल वरामद गरेको थियो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभएको।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);