लागु औषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लागु औषधसहित एक जना पक्राउ

चितवन। चितवनको नारायणगढबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेका, पोखरा महानगरपालिका १० रामघाटका १९ बर्षिय निकेश गुरुङलाई भरतपुर महानगरपालिका १ लिलाचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले खनतलासी गर्दा उनको साथबाट नुफिन ३० थान,डाइजेपाम ३० थान,फेनारगन ३० थान बरामद गरेको छ ।

आरोपितलाई १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);