पोखराको छोरेपाटनबाट एक व्यक्ति लागु औषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखराको छोरेपाटनबाट एक व्यक्ति लागु औषधसहित पक्राउ

pakrau

पोखरा , १६ चैत । पोखरा महानगरपालिका वडा नं १७ , छोरेपाटनबाट एक व्यक्ति लागु औषधसहित पक्राउ परेका छन।

आज बिहान अन्दाजी ५ बजेको समयमा भैरहवाबाट पोखरा आउंदै गरेको लु १ ख ८५५३ नंवरको बसलाई पोखरा –१७ छोरेपाटनस्थित प्रहरी चेकिङको टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार तनहुँ जिल्ला फिरफिरे घर भई हाल पोखरा –११ फूलबारी बस्दै आएका २७ वर्षीय युवराज गुरुङ लागु औषध सहित पक्राउ परेका छन ।

पक्राउ परेका उनीमाथि शंका लागि खानतलासी गर्ने क्रममा उनको साथबाट प्रहरीले अवैध लागु औषध नुरफिन ७२ थान, फेनरागन ७२ थान र डाईजापाम ७२ थान गरी जम्मा २१६ थान लागुऔषध वरामद गरेको हो । पक्राउ परेका उनी माथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);