बाग्लुङमा दुई समूहबीच झडप, दुईको मृत्यु, यसरी खसालियो भिरबाट(भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बाग्लुङमा दुई समूहबीच झडप, दुईको मृत्यु, यसरी खसालियो भिरबाट(भिडियोसहित)

सुवास आचार्य

बाग्लुङ, १६ चैत । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बडिगाड गाउँपालिका वडा नम्बर–१० बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो भएको झडपमा निसीखोला गाउँपालिका– ७ राजकुतका प्रकाश कुँवर र दिपक दमाईको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नम्बर १० का अध्यक्ष बिरेन्द्र वुढाले जानकारी दिए ।

दुई जनाको शव घटनास्थल नजिकै भिरमा भेटिएको र घटनास्थलतर्फ प्रहरीको टोली जादै गरेको समेत उनले इ–माउण्टेन टेलिभिजनलाई बताए ।

बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नम्बर–७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खल्ने क्रममा उक्त झडप भएको हो ।

घटनामा केहि बेपत्ता भएको बताइएपनि पुष्टि भने हुन नसकेको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);