बागलुङ बल्देधुरी घटना : प्रहरीद्वारा ८ जना अभियुक्त सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

बागलुङ बल्देधुरी घटना : प्रहरीद्वारा ८ जना अभियुक्त सार्वजनिक

बागलुङ, २० चैत । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीले बागलुङ जिल्ला बडिगाड–१० दर्लिङ खोला वर्ष २८ का रेशम बुढा मगर (बागलुङबाट ) , सोही ठाउँका वर्ष २३ का मिलन बुढा (गुल्मीबाट ), वर्ष २३ का कुमार छन्त्याल (रुपन्देहीबाट ), वर्ष ३३ का झनबहादुर बुढा (बागलुङबाट ), वर्ष नखुलेको तिर्थलाल बुढा (बागलुङबाट ), वर्ष ३१ का सुर्य बुढा (बागलुङबाट ), र वर्ष ४६ का ढालबहादुर बुढा (बागलुङबाट ) लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए ।

Leave a Reply

ताजा समाचार