मेलम्चीको पानीले काठमाडौंबासीलाई खुशी दियो : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मेलम्चीको पानीले काठमाडौंबासीलाई खुशी दियो : राष्ट्रपति भण्डारी

काठमाडौं, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानीले काठमाडौंका जनतालाई खुशी दिएको बताएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरणको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

उनले भनिन् ‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा काठमाडौंबासीलाई मेलम्चीको पानी एक उपहार हुन पुगेको छ, यसबाट जनतामा खुशी बढेको छ ।’ मेलम्चीको पानीले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यसको विस्तार र सदृढिकरणमा सरकारले थप ध्यान दिनुपर्ने बताईन् ।

जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायत कारणले पानी वितरण र व्यवस्थापनमा समस्या भएकाले सरकारले यसमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ । जमिनमुनिको पानीको दोहन बढी रहेको भन्दै उनले मेलम्चीको पानी काठमाडौंमा झरेपछि जलाधार क्षेत्रको प्रदूषण न्युनीकरण र जमिनमुनिको पानीको दोहन समेत कम हुने विश्वास पनि व्यक्त गरिन् ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन गर्दा हासिल भएका सकारात्मक र नकारात्मक सिकाईबाट शिक्षा लिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले भनिन्–‘आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्नेछ ।’ राष्ट्रपति भण्डारीले मेलम्ची आयोजना सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

उनले मेलम्चीको परिकल्पनाकर्ता तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झना पनि गरिन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैत १६ गतेदेखि नै मेलम्चीको पानी वितरण गरेपनि औपचारिक उद्घाटन आज मात्र गरिएको हो । पहिलो चरण ४ करोड लिटर वितरण गरिएको थियो ।

दोस्रो चरणमा साढे ६ करोड लिटर वितरण गरिएको थियो । आज बिहानदेखि बालाजु पोखरीमा पानी हालेर साढे ८ करोड लिटर पानी वितरण गरिएको छ । मेलम्चीको पानी क्रमश दैनिक १७ करोड लिटर वितरण गरिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);