पुसभित्र मेलम्ची खानेपानी राजधानी आउँछ : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

पुसभित्र मेलम्ची खानेपानी राजधानी आउँछ : मन्त्री यादव

काठमाडौँ, २० भदौ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी पुसभित्र मेलम्चीको खानेपानी राजधानीभित्र आउने ठोकुवा गरेका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किमीमध्ये १.८ किलोमिटर बाँकी रहेकाले आगामी पुसभित्र सो काम सम्पन्न हुने बताए ।

 

यस अघि मेलम्चीको पानी यही दशैमा काठमाडौंका घर घरमा आउने र दशैमा मेलम्चीको पानीले नुहान सकिने भनिएको थियो । तर अब यसपालिको दशैमा यो सम्भव भएन ।

 

शेरबहादुर देउवाले समेत मेलम्ची आयोजनाको अवलोकन गरेर आउनु भएको छ । अब देउवा प्रधानमन्त्री भएकै समयमा पानी काठमाडौं आउँछ मन्त्री यादवले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);