उत्साहका साथ उम्मेदवारी दर्ता गर्न सबै राजनीतिक दलहरुलाई आयोगको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उत्साहका साथ उम्मेदवारी दर्ता गर्न सबै राजनीतिक दलहरुलाई आयोगको आह्वान

काठमाडौं, २० भदौ । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता उत्साहका साथ गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।

 

आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेका छन् ।

 

प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि आयोगले बुधबार विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको हो ।

 

प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मंगलबार कान्तिपथस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवार मनोनयन दर्ताका लागि सबै निर्वाचन अधिकृतको कार्यालयहरुमा जनशक्ति व्यवस्थापनको काम सम्पन्न भईसकेको बताए ।

 

प्रमुख निर्वाचन आयुक्त यादवले ढुक्क भएर उम्मेदवारी दर्ता गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरे । उनले उम्मेदवार दर्ता गराउने कार्यमा अवरोध सृजना गरे त्यस्ता अवरोध हटाउन सुरक्षाकर्मीहरुको उचित व्यवस्था गरिएको जानकारी दिए ।

 

निर्वाचन आयोगले उम्मेदवारी दर्ता कार्यलाई सुव्यवस्थित र मर्यादित तरिकाले अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन पनि सम्बन्धित सबै निकायलाई सचेत गराएका छन् ।

 

२ हजार भन्दा बढि पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति
निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि पर्यवेक्षणका लागि ४४ वटा संस्थाका करिव २ हजार भन्दा बढि पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश नम्बर २ को निर्वाचनका लागि ३ हजार ५ सय ७८ वटा मतदान केन्द्रको व्यवस्था गरिएको बताए । आयोगले मतदान कार्यका लागि सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);