स्थानीय तहको निर्वाचनका लागि भोली उम्मेदवारी मनोनयन दर्ता गरिने बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्मको समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्थानीय तहको निर्वाचनका लागि भोली उम्मेदवारी मनोनयन दर्ता गरिने बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्मको समय

१८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

सोमबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई तोकिएको मितिमा मनोनयन दर्ता गर्न आग्रह समेत गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले कार्यतालीका अनुसार ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा पहिलो चरणको निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता गर्न लागिएको बताउनुभयो ।

उहाँले उम्मेदवार मनोनयन दर्ता सँगै उम्मेदवारहरलाई आचारसंहिता लाग्ने भएकाले निर्वाचन प्रचारप्रसार गर्दा कसैको मानमर्यादामा आँच आउने किसिमले नर्गन अनुरोध गर्नुभयो । पहिलो चरणको निर्वाचनका लागि सरकाले सुरक्षाको पूर्ण जिम्मेवारी लिएको समेत प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);