मेलम्ची खानेपानी आयोजना अझै अन्यौलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेलम्ची खानेपानी आयोजना अझै अन्यौलमा

Gajendra-Thakur

काठमाडौं, १ फागुन । मेलम्चीको पानी काठमाडौं ल्याउने भनिएको २० वर्ष भयो । तर, उपत्यकाबासीको मेलम्चीको पानी पिउने धोको अझै पुरा भएको छैन ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने भनिएको २० वर्ष पुरा भएको छ । यसैबीचमा १८ जना प्रधानमन्त्री बने, २४ जना मन्त्री फेरिए र २७ जना सचिव भए । तर, कुनै पनि सरकारी नेतृत्वले मेलम्चीको पानी काठमाडौंमा ल्याउन सकेका छैनन । अहिलेका खानेपानी मन्त्री विना मगरले गएको दशैमा काठमाडौंमा पानी आउने बताएर सबैलाई हौसला बढाएकी थिइन । तर, इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छोडेर भागेपछि फेरी यो आयोजना अन्योलमा छ । खानेपानी मन्त्रालयले पहिलो प्रथामिकता पुरानै इटालियन कम्पनीलाई दिने र अन्तिममा केही नलागे मात्र अर्काे नयाँ कम्पनी ल्याउने तयारी थालेको छ ।

खानेपानी मन्त्रालयका अनुसार सीएमसीले ९७ प्रतिशत काम सम्पन्न गरेको छ । त्यसमा ८ सय मिटर अन्तिम निर्माण र २ वटा हावा फाल्ने भेन्टीलेसन, ५ वटा गेट निर्माण लगायतका करिब ३५ करोड रुपैयाँको काम बाँकी छ । खानेपानी मन्त्रालयले २०७६ सालमै यी सवै प्रक्रिया सकिएर काठमाडौं उपत्यकमा पानी ल्याउन दाबी गरेको छ ।

मन्त्रालयका सचिव ठाकुरले मेलम्ची ठेकेदारले सम्झौताको करीब ७२ प्रतिशत रकम आफ्नो देशमा लाने गरेको र २८ प्रतिशत रकममा काम सक्न खोजेपछि विवाद भएको बताए । उनले अन्तिममा आएर काठमाडौंमा पानी ल्याउन नदिन एशियाली विकास बैंक देखि पानी बेच्ने व्यवसायीहरु पनि सक्रिय भएर लागेको आरोप लगाए ।

मेलम्ची खानेपानी आयोजना समय मै सम्पन्न नहुनुमा ठेकेदार कम्पनी नै मुख्य दोषी रहेको भन्दै सरकार पक्ष पन्छिने गरेको छ । तर, सरकारले पनि यसबाट पाठ सिक्दै यस्ता कमी कमजोरी हुन नदिन बेलैमा सचेत हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);