कृषि बजार विस्तार गर्न सरकारलाई राष्ट्रिय किसान आयोगको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कृषि बजार विस्तार गर्न सरकारलाई राष्ट्रिय किसान आयोगको सुझाव

krishi

काठमाडौं, १ फागुन । राष्ट्रिय किसान आयोगले तत्काल फलफूल तथा तरकारी बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले ५ वर्ष भित्र कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले फलफूल तथा तरकारी बजारको उचित व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २५ औं वार्षिकोत्सव कार्यक्रमको बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले जनसंख्या बढदै गएकाले कालिमाटी फलफूल तथा तरकारी बजारको विस्तार तत्काल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असार समान्तसम्मको खुद मुनाफा ३ करोड ७८ लाख ४० हजार रहेको पनि जानकारी गराइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);