नियमसम्मत ढंगले कारोवार नगर्ने व्यावसायीलाई कडा कारबाही | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नियमसम्मत ढंगले कारोवार नगर्ने व्यावसायीलाई कडा कारबाही

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नियमसम्मत ढंगले कारोवार नगर्ने व्यावसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

kalimati tarkari

काठमाडौं, २ फागुन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नियमसम्मत ढंगले कारोवार नगर्ने व्यावसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार समितिको २४ औं वार्षिकोत्सव कार्यक्रममा समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले तोकिएको मूल्यमै व्यावसायीहरुले फलफूल तथा तरकारी बेच्नुपर्ने बताउँदै ग्राहकलाई ठग्न खोज्नेलाई कारबाही गरिने चेतावनी दिए । कालिमाटी बजारमा ठूलो समस्या भनेको मूल्य निर्धारण छ । बजारका फरक स्टलमा फरक मूल्य निर्धारण हुने गरेको छ । जसले गर्दा सर्वसाधरणहरु तरकारी तथा फलफूलमा बढी मूल्य तिर्न बाध्य हुने गरेका छन् ।

बार्षिक उत्सब कार्यक्रममा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरुले नेपालको कृषि क्षेत्र र कृषि बजारको विस्तार व्यवस्थापनबारे सरकारको ध्यान जानुपर्ने बताएका थिए । प्रादेशिक कृषि बजारको आवश्यकता लागि कृषि मन्त्रालयको तर्फबाट भएका योजनाहरुको बारेमा उल्लेख गदै कृषि विकास मन्त्रालयका सह–सचिव काशीराज दाहालले कालीमाटी बजार व्यवस्थापन र सुधार अभियानमा सुधार ल्याउन फोहोरमैला व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि कार्यक्रमसँग सहकार्य गरेर अघि बढाइएको बताए ।

बार्षिक उत्सब कार्यक्रममा बजार समितिले विगतमा गरेको कार्यहरुको विवरण प्रस्तुत गर्दै आगामी दिनमा गर्ने कार्यहरुको विवरण पनि सार्वजानिक गरेको छ । समितिले उत्कृष्ट ढंगले बजारमा तरकारी तथा फलफूल कारोबार गर्ने व्यावसायीलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । साथै चोभारमा रहेको २४ रोपनी जग्गामा निर्माण हुँदै गरेको कृषि बजारको निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको समितिले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);