कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन

काठमाडौं, २१ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन् ।

किसान र आम उपभोक्तालाई मारमा पार्ने खालका गतिविधि संचालन भईरहेका बेला मन्त्री खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौंधरीसहित सोमबार बिहान करिव २ घण्टा कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका हुन् ।

अनुगमनकै क्रममा उनले किसानको पहिचान गरेर मात्रै पसलका लागि स्टक उपलब्ध गराउन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीलाई निर्देशन दिए ।

उनले गुणस्तरहिन फलफूल तथा तरकारी राख्ने स्टल तत्काल हटाउन पनि समितिलाई सचेत गराए । सबै स्टल अनुगमन गरेपछि मन्त्री खनालले किसान र उपभोक्तासँग नजोडिएका पक्षलाई स्टल नदिन छिट्टै नीतिगत व्यवस्था गर्ने पनि स्पष्ट पारे ।

बढिमा १० हजार स्टल भाडा समितिमा तिर्दै आएका बिचौलियाहरुले १ लाखसम्मको भाडा लिएर स्टल वितरण गरेको पाइएपछि आफूले त्यसो हुन नदिन आवश्यक नीति बनाउन बजार अनुगमन गर्नु परेको मन्त्री खनालको भनाई छ । मन्त्री खनालले उपभोक्ता र किसानलाई मारमा पार्ने गतिविधिमा संलग्नहरुलाई बजारबाट हटाउने चेतावनी  दिए ।

माछाको स्टल हटाइने

मन्त्री खनालले सो बजारबाट माछाको स्टल हटाउने बताए । दूर्गन्धित ठाउँमा राखिएको माछाले मानव स्वास्थ्यमा असर पार्ने भएकाले सो बजारबाट माछाको स्टल हटाउने निर्णय लिनु परेको मन्त्री खनालले स्पष्ट पारे। सरकारले किसानको तरकारी व्यापारलाई व्यवस्थित बनाउन उपत्यकाका सबै नाकामा स्टल राख्ने व्यवस्था गर्न लागेको  मन्त्री खनालले बताए ।

मन्त्री खनालले गुणस्तरहिन तरकारी व्यापार गर्नेहरुलाई तत्काल हटाउन पनि बजार विकास समितिलाई कडा निर्देशन दिए । कालिमाटी फलफूल तथा तरकारी बजारमा करिव ३ सय वटा स्टल रहेका छन् । बिचौलियाहरुका कारण ती स्टलहरुको व्यवस्थापनमा समस्या भएपछि सरकारले त्यसको उचित व्यवस्थापन गर्न लागेको हो ।

मन्त्री खनालले किसान र उपभोक्तालाई मारमा पार्ने काम अव सरकारले हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । खनालले मन्त्रालयको नेतृत्व लिएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सो बजारमा देखिएका बेथितीको सुक्ष्म अनुगमन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);