कृषिमन्त्री खनालद्वारा मालपोत कार्यालयको अनुमगन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कृषिमन्त्री खनालद्वारा मालपोत कार्यालयको अनुमगन

chakra pani khanal

काठमाडौं, २७ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बुधबार कलंकी स्थित मालपोत कार्यालयको अनुगमन गरेका छन् ।

मन्त्री खनालले बुधबार कार्यालय समय सुरु हुनेबित्तिकै कलंकीस्थित मालपोत कार्यालयको एक्कासी अनुगमन गरेका हुन् । राज्यमन्त्री रामकुमारी चौंधरी सहित मालपोत कार्यालयमा पुगेका उनले सेवाग्राहीलाई सास्ती नहुने गरी कार्यालयको सेवालाई सहज बनाउन मातपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई निर्देशन दिए ।

उनले मालपोत कार्यालय भ्रष्टाचारको अखडा रहेको सेवाग्राहीले गुनासो गरेपछि आफूले अनुगमन सुरु गर्नु परेको स्पष्ट पारे । त्यस अवसरमा प्रमुख मालपोत अधिकृत अधिकारीले सेवा ग्राहीको सेवा सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरिदिन मन्त्री खनालसँग आग्रह गरेका थिए ।

अनलाईन सेवा संचालन भएपनि इन्टरनेटका कारण त्यसमा समस्या आउने गरेको पनि कर्मचारीले मन्त्री खनालसँग गुनासो गरेका थिए ।

मन्त्री खनालले सेवाग्राहीले बिचौलियाका कारण दुःख पाईरहेको उल्लेख गर्दै त्यसको सहज व्यवस्थापन गर्न पनि मालपोतका कर्मचारीहरुलाई सचेत गराएका छन् । अनुगमनका क्रममा उनले सेवाग्राहीहरुसँग मालपोतको सुधारका लागि सुझाव लिएका थिए ।

यस अघि मन्त्री खनालले कालिमाटी फलफूल तथा तरकारी बजार र बालाजु औद्योगिक क्षेत्रमा रहेको तीन वटा दुध उत्पादन कम्पनीहरुको पनि अनुगमन गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);