आन्दोलित चिकित्सकलाई कडा कार्बाही गर्ने राज्यमन्त्री अर्यालको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आन्दोलित चिकित्सकलाई कडा कार्बाही गर्ने राज्यमन्त्री अर्यालको चेतावनी

padma kumari aryal

काठमाडौं, २७ असार । सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्बाही गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई कार्बाही गर्ने चेतावनी दिएकी छन् ।

राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न चिकित्सकहरुलाई सचेत गराइन् । चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

राज्यमन्त्री अर्यालले चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुनेमा उनको जोड छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);