बिरामीको स्वास्थ्यमाथि खेलवाड नगर्न चिकित्सकहरुलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ९ असोज । राष्ट्रिय मानव अधिकार आयोगले बिरामीको स्वास्थ्यमाथि खेलवाड नगर्न चिकित्सकहरुलाई चेतावनी दिएको छ ।

आयोगले मुलुकभरका अस्पताल तथा स्वास्थ्य केन्द्रमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा बन्द गरिंदा आमनागरिकको स्वास्थ्यको अधिकार हनन् भएको भन्दै अत्यावश्यकीय सेवा बन्द गर्ने काम संविधान विपरीत भएको ख्याल गर्न सचेत गराएको छ ।

आयोगले स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्दका कारण लाखौं मानिसको जीवन जोखिममा पर्ने भन्दै आन्दोलन फिर्ता लिन नेपाल चिकित्सक संघसँग आग्रह गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);