एक वर्षभित्र देशभरका सबै सरकारी अस्पताल सफा : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एक वर्षभित्र देशभरका सबै सरकारी अस्पताल सफा : मन्त्री अर्याल

padma kumari aryal

काठमाडौं, १७ जेठ । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले एक वर्ष भित्र देशभरका सबै सरकारी अस्पतालमा सफाई अभियान संचालन गर्ने घोषणा गरेकी छन् ।

राज्यमन्त्री अर्यालले आगामी १५ दिन भित्र वीर अस्पतालको सफाई अभियान सम्पन्न हुने बताइन् । बिहिबार अपरान्ह आफ्नै अगुवाईमा संचालित वीर अस्पतालको सफाई अभियान अनुगमन गरेपछि संचारकर्मीमाझ उनले अवको १५ दिन भित्र वीर अस्पतालको सफाई अभियान सम्पन्न गर्ने बताइन् ।

राज्यमन्त्री अर्यालले अस्पतालहरुको भौतिक सफाई मात्रै नभएर सरकारले स्वास्थ्य सेवालाई जनताप्रति अझै उत्तरदारदायी बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै वीर अस्पतालको सफाई अभियानमा पनि संलग्न धुर्मुस–सुन्तली फाउन्डेशनका संस्थापक सिताराम कट्टेल ‘धुर्मुस’ ले मानवीय सेवा गर्ने उद्देश्यका साथ अस्पतालको सफाई अभियानमा पनि सरकारलाई साथ दिइएको बताए । उनले अस्पतालको रङरोगनलगायतको काममा फाउन्डेशनलाई धेरैले सहयोग गरेको जानकारी दिए ।

फाउन्डेशनले अस्पतालको रङरोगनको काम गर्दै आएको छ । राज्यमन्त्री अर्यालले गत बैशाख २३ गते वीर अस्पतालको सफाई अभियानको शुभारम्भ गरेकी थिइन् । उनले वीर अस्पतलाको सफाई अभियान सस्तो लोकप्रियताको लागि नगरिएको पटक–पटक दोहो-याइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);