अर्थमन्त्रीले अपमान गरेको भन्दै संसदमै सांसद रोएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अर्थमन्त्रीले अपमान गरेको भन्दै संसदमै सांसद रोएपछि…

काठमाडौं, १७ जेठ । सांसद गजेन्द्र बहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रोएका छन् ।

२०७५ /७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधी सभाको बैठकमै रोएका हुन् । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको उनको टिप्पणी थियो ।

उनले भने “कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाधेर राख्न पाईन्छ भन्या ? हामीलाई तह लगाउन पाईन्छ ? हामीलाई अपमानित गर्न पाईन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाईन्छ भन्या ? कोही मन्त्री हुँदैमा पाईन्छ ? त्यो अधिकार कसैलाई छ चाहिने कुरा गर्नुहोस् न भन्या । चाहिएको छैन हामीलाई ४ करोड ? ४ करोडले आफुहरुको असाध्यै अपमान गरेको भन्दै उनले भने “स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने ? कहि मिल्ने कुरा हो । कसैले सहन्छ ?”

आफ्नो विरोधले केही नहुने जान्दा जान्दै पनि आफुले बजेटप्रतिको असन्तुष्ठी राख्नु परेको उल्लेख गर्दै उनले भने “बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो तपाईहरुको विरोधले मलाई केही हल्लाउँदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाईरहेको छ । हुम्लालाई हल्लाईरहेको छ ।”

बजेट शहर केन्द्रीत भएको भन्दै उनले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले भने “बजेट मेरा लागि आकाशको फल आँखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न हर्ष न विस्मात छ । मेरा लागि र मेरो जुम्लाका लागि ।” रोजगारीको जिम्मा सबै बैकलाई र स्वास्थयको जिम्मा बिमा संस्थानलाई दिने सरकारको नीति गलत भएको उनले बताए ।

उनले भने “हिजोका सामन्त र मुखियाहरुले आज बैक थापेर बसेका छन् जसलाई रोजगारीको जिम्मा लगाईएको छ । स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई लगाईएको छ । कर्णाली र जुम्लाका जनता विमाको कागत लिएर कहाँ जाने ? काठमाडांै आउन जान ५० हजार भाडा लाग्छ । बिमा कागज लिएर म कता जाने ?”

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै उनले अनुपस्थित सांसदहरुप्रति सभामुखको ध्यानाकर्षण गराए । उनले सांसदलाई अपमान नगर्न अर्थमन्त्रीलाई सचेत गराए । उनले भने “अर्थमन्त्रीले सोच्नुहोस् कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाईदैन ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);