खेलकुद क्षेत्रको विकासका लागि पहल गर्छु : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

खेलकुद क्षेत्रको विकासका लागि पहल गर्छु : राष्ट्रपति

bidhya devi bhandari

काठमाडौं, १७ जेठ । राष्ट्रपति विद्या भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रिय खेलकुद परिषद र मातहतका विभिन्न खेलसँग सम्बन्धित संघ, संस्थाहरुले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा समेत एकपछि अर्को सफलता प्राप्त गर्दै गएकोमा खुसी समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रले मुलुकको राष्ट्रिय एकता र अनुशासनलाई बलियो बनाउने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राष्ट्रको पहिचान दिन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले विज्ञ भएको नाताले खेलकुद क्षेत्रको विकासमा आवश्यक योजना तय गर्न पनि खेलसम्वद्ध संघ, संस्थाहरुसँग आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । त्यस क्रममा उनले राष्ट्रपति भण्डारी समक्ष खेलकुद क्षेत्रको वर्तमान अवस्थाको बारेमा बिफ्रिङ गरेका थिए । मन्त्री विश्वकर्माले नेपाली खेलाडीहरुको अपेक्षा अनुसार काम गर्न सरकार लागि परेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);