खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह

काठमाडौं, २६ चैत । सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा नराखेको भन्दै खेलाडीहरुले चिन्ता जनाएका छन् । आज युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई सुझाव पत्र बुझाउँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् ।

खेलकुद क्षेत्रलाई लक्षित गरी आएका योजनाहरु समेत कार्यान्वयन नहुने प्रवृत्ति मौलाएको भन्दै संघले असन्तुष्टि जनाएको छ । पुर्वाधारको अभाव, कमजोर व्यवस्थापन र राजनीतिक हस्तक्षेपका कारण खेल क्षेत्र अझै धरासायी बन्ने अवस्थामा पुगेको संघको ठहर छ ।

खेल क्षेत्रको विकासमा अवरोध पुर्याइरहेका समस्या पहिचान गरेर अघि बढ्न संघले मन्त्री विश्वकर्मालाई सुझाव पनि दिएको छ ।

ध्यानाकर्षण एवं सुझाव पत्र बुझ्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अब खेल क्षेत्रमा व्याप्त अति राजनीतिकरणको अन्त्य गर्ने प्रतिबद्धता जनाए । उनले खेलडीहरुको सुझावअनुसार नै खेलकुद क्षेत्रको विकासमा अग्रसर हुने स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले आगामी वर्षको नीति तथा कार्यक्रममा खेल क्षेत्रका लागि पर्याप्त बजेट बिनियोजन गर्न पहल गर्ने बाचा समेत गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);