सबै सरकारी विद्यालयमा खेलकुद मैदानको व्यवस्था गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

सबै सरकारी विद्यालयमा खेलकुद मैदानको व्यवस्था गर्ने सरकारको तयारी

jagat bishwokarma

काठमाडौं, २ पुष । सरकारले सबै सरकारी विद्यालयमा खेलकुद मैदानको व्यवस्था गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल भईरहेको जानकारी दिए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब्सन)ले काठमाडौंमा सुरु गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता कार्यक्रममा उनले विद्यालय तहमै खेलकुदको विकासका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको बताए ।

सरकारले खेल क्षेत्रको विकासका लागि विद्यालयहरुमा उपयुक्त वातावरण बनाउन लागि परेको मन्त्री बिश्वकर्माको भनाई छ । उनले  मुलुकको मान, इज्जत र प्रतिष्ठाका लागि पनि खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको पनि उल्लेख गरे ।

काठमाडौंको टुँडिखेलमा सुरु भएको सो सप्ताहव्यापी खेलकुद प्रतियोगितामा देशभरका निजी विद्यालयहरुको सहभागीता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);