मदन विश्वकर्मा
बाजुरा, २६ चैत । बाजुरामा खेलकुद मैदान नहुँदा खेल प्रतियोगिता संचालन हुन सकेका छैनन् । एक दशकदेखि जिल्लास्तरीय प्रतियोगिता नहुँदा खेलाडीहरु ओझेलमा परेका छन्।
बाजुरामा राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता चलिरहेको छ । तर प्रतियोगिता संचालन गर्न मैदानको अभाव हुँदा कठिन भएको छ । मैदान नहुँदा एक दशकदेखि खेलकुद प्रतियोगिता नियमित संचालन हुन सकेको छैन ।
प्रतियोगिता संचालन नहुँदा खेलाडीहरु ओझेलमा परेका छन् । बाजुराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएको छ । तर मैदान बनाउन सम्बन्धित निकायले चाँसो दिएको छैन ।
बाजुरामा उत्कृष्ट खेलाडीहरु भएपनि खेलमैदान नहुँदा प्रतिभाहरु ओझेलमा परेको सरोकारवालाको भनाई छ । खेलक्षेत्रमा बजेटको अभावले प्रतियोगिता संचालनमा कठिनाई हुने गरेको छ ।
यता जिल्ला खेलकुद विकास समितिले मैदान नभएको स्वीकार गर्दै मैदान बनाउनको लागि पहल गर्ने आश्वासन दिएको छ । निर्वाचनको समयमा नेताहरुले खेलकुदको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । जनप्रतिनिधले प्रतिबद्धता अनुसार काम नगरेको स्थानीयको भनाई छ । सरोकारवालाले खेलकुदको विकासका लागि मैदान बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।




