मंसिर दोस्रो सातादेखि अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता गर्ने एन्फाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मंसिर दोस्रो सातादेखि अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता गर्ने एन्फाको तयारी

प्रतियोगितामा १५ वर्षमुनिका विद्यार्थी सहभागि हुन पाउने

काठमाडौं, ६ असोज । अखिल नेपाल फुटबल संघ एन्फाले अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता आगामी मंसिर दोस्रो सातादेखि गर्ने तयारी गरेको छ । एन्फाले मंगलबार सुचना जारी गर्दै युवा फुटबलको विकास र विस्तारका लागि अन्तर विद्यालय लिग फुटबल गर्न लागेको जनाएको छ ।

प्रतियोगितामा उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुरका साथै काभ्रे जिल्लालाई पनि समावेश गगरिएको छ । अन्तर विद्यालय लिग फुटबलमा यसवर्ष देखि १५ वर्ष मुनीका उमेर समूहका विद्यार्थीहरुलाई सहभागिता गराउने एन्फाले जनाएको छ ।

युवा खेलाडीहरुलाई अवसर प्रदान गर्दै निकट भविष्यमा उमेर समूहको राष्ट्रिय टिमसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । त्यसका लागि एन्फाले सूचना जारी गर्द उपत्यकालगायत काभ्रे जिल्लाका इच्छुक विद्यालयहरुलाई सहभागी हुन समेत आह्वान गरेको छ ।

साथै एन्फाले विद्यालयको आफ्नै खेल मैदान हुपुपर्ने, विद्यालयको आफ्नै यू १५ टिम हुनुपर्ने जसमा कम्तीमा २३ र बढीमा ३० जना युवा खेलाडीहरु रहनुपर्ने, विद्यालयको टिममा न्यूनतम एएफसी सी लाइसेन्स कोचिङ सर्टिफिकेट पूरा गरेको प्रशिक्षक अनिवार्य हुनुपर्ने र विद्यालयको मैदानमा होम म्याचका खेलहरु सञ्चालन गर्ने सम्भाव्यता हुनुपर्ने मापदण्ड समेत तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);