ए डिभिजन लिग फुटबल प्रतियोगिता मंसिर १४ गतेदेखि सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ , १ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वर्षदेखि रोकिएको ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

एन्फाको बुधबार बसेको कार्यसमितिको बैठकले ए डिभिजन लिग फुटबल प्रतियोगीताको मिति तय गरेको हो । २०७० सालयता लिग हुन सकेको छैन । बैठकले एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय गरी क्षतिपूर्तिको विषयमा थप अध्ययन गर्न वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

 

समितिलाई १० दिनको समय दिइएको छ । एन्फाले आफ्नो विधान संसोधनका लागि आगामी असोज २३ मा विशेष साधारणसभा गर्ने निर्णय गरेको छ । एन्फाले नयाँ नेतृत्व चयनका लागि पुस २३ गते चुनाव गर्ने प्रस्ताव एसियाली फुटबल महासंघसामु पठाउने निर्णय पनि गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);