यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने एन्फाको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने एन्फाको प्रस्ताव

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव तयार पारेको छ । भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो ।एन्फा क्यालेन्डरमा ए डिभिजन लिग भाद्रदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ । असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पुर्याउने एन्फाले लक्ष्य राखेको छ । ए डिभिजनका क्लबसंग छलफल गरेर लिगको मिति पक्का हुनेछ ।नयाँ सिजनको घरेलु लिग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसंग छलफल समेत राखेको छ ।

सो छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमाऔपचारिक निर्णय गर्नेछ ।कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन पाएन । अघिल्लो वर्ष ए डिभिजन लिगआयोजना सम्भवन देखिएपछि एन्फाले २०७७ सालमा पुरा हुन नसकेका क्यालेन्डरलाई पुरा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);