बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरेका थिए । खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन ।

पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ । समूह चरणमा अपराजित बेल्जियम समूह ’बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);