युरोकप फुटबलमा क्वाटरफाइनलका खेलहरु आजबाट हुँदै, पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

युरोकप फुटबलमा क्वाटरफाइनलका खेलहरु आजबाट हुँदै, पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ ।

युरोकप अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ भने बेल्जियम र इटालीबीचको दोस्रो क्वाटरफाइनल खेल राति १२ः४५ बजे जर्मनीको एलिनाज स्टेडियममा हुनेछ ।

स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो ।

प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित थियो । स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।

दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिदा एक खेल स्विट्जरल्यान्डले जितेको छ । फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।

दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);