युरोकप फुटबलअन्तर्गत आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्वीट्जरल्याण्डबीच खेल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युरोकप फुटबलअन्तर्गत आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्वीट्जरल्याण्डबीच खेल हुने

एजेन्सी । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको अन्तिम १६ अन्तर्गत सोमबार राति पहिलो खेलमा स्पेन र क्रोएसियाबीचको प्रतिस्पर्धा राति पौने १० बजे सुरुहुने छ हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

स्पेनले समूह ’ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । क्रोएसिया समूह ’डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् ।

नेसन्स लिग अन्तर्गत सन् २०१८ को सेप्टेम्बर स्पेनले क्रोएसियालाई ६–० ले हराएको थियो । २०१८ को नोभेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनलाई ३–२ ले हराएको थियो । आजै फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल पौने १ बजे शूरु हुने छ । रोमानियाको नेसनल एरिनामा हुने यो खेल फ्रान्सले जित्ने अधिकांश खेल पण्डीतहरुको विश्लेषण छ ।

साविक उपविजेता फ्रान्स समूह ’एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डले समूह ’ए’बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);