विश्वकप फुटबल : नकआउट चरणका खेलहरु भोलीदेखि | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विश्वकप फुटबल : नकआउट चरणका खेलहरु भोलीदेखि

world cup trophy

काठमाडौं, १५ असार । रुसमा जारी विश्वकप फुटबलमा समूह चरणका प्रतिस्पर्धा सकिएको छ । अब शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । समूह चरणका खेल सकिँदा विश्वकपमा नवप्रवेशी दुई टोली आइसल्याण्ड र पानामा बाहिरिए भने डिफेन्डिङ च्याम्पियन जर्मनी पनि घर फर्किएको छ । यीबाहेक अन्य १३ टोली पनि समूह चरणबाट अगाडि जान सकेनन् ।

समूह चरणको खेल कतिपयका लागि अप्रत्यासित नै रह्यो । किनकि, कमजोर मानिएका टोलीले समूहमा ‘हंगामा’ मच्चाएका छन् । घरै फर्किए पनि कतिपय टोलीले फुटबलका शक्तिराष्ट्र मानिएका टोलीमाथि सनसनीपूर्ण जित निकाले भने कतिपयले बराबरीमा रोकिदिए । तुलनात्मक रुपमा निकै कमजोर मानिएको दक्षिण कोरियाले विश्व विजेता जर्मनीलाई २–० ले हराइदियो ।

muller

नवप्रवेशी आइसल्याण्डले दुई पटकको विश्व विजेता अर्जे्न्टिनालाई १–१ को बराबरीमा रोकिदियो । स्वीजरल्याण्डले पाँच पटकको विश्व विजेता ब्राजिललाई १–१ को बराबरीमै सीमित गरिदियो । समग्रमा यसपटक समूह चरणको प्रतिस्पर्धा ‘अप्रत्यासित’ रह्यो । अब शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । त्यसका लागि १६ टोलीको टुंगो लागिसकेको छ ।

iceland

समूह ‘ए’ बाट समूह विजेता बन्दै उरुग्वे छानिएको छ । यही समूहको उपविजेता बन्दै रुस पनि छनोट भएको छ । साउदी अरेबिया र इजिप्टले समूह चरण काट्न सकेनन् । समूह ‘बी’मा समूह विजेता बन्दै स्पेन र उपविजेता बन्दै पोर्चुगल अन्तिम १६ मा पुगेका छन् । इरान र मोरक्काको भने नकआउट चरण खेल्न सपना पूरा हुन सकेन । समूह ‘सी’बाट फ्रान्स समूह विजेता र उपविजेता बन्दै डेनमार्कले अगाडिको यात्रा तय गरेका छन् । पेरु र अस्ट्रेलिया भने समूह चरणबाटै बाहिरिए । समूह ‘डी’को विजेता भन्दै क्रोएसिया र उपविजेता बन्दै अर्जे्न्टिनाले अन्तिम १६ को यात्रा सुनिश्चित गर्दा नाइजेरिया र नवप्रवेशी आइसल्याण्ड घर फर्किए ।

spain portugal

यस्तै समूह ‘ई’मा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने उपविजेता बनेको स्वीजरल्याण्डले पनि अगाडिको यात्रा सुनिश्चित गरेको छ । सर्बिया र कोस्टा रिका समूह चरणबाटै बाहिरिए । समूह ‘एफ’को समूह विजेता स्वीडेन र उपविजेता मेक्सिको पनि अन्तिम १६ मा पुगेका छन् । दक्षिण कोरिया र जर्मनीले भने समूह चरण पार गर्न सकेनन् । यसैगरी, समूह ‘जी’बाट विजेता बन्दै बेल्जियम र उपविजेता बन्दै इंग्ल्याण्डले अन्तिम १६ को ढोका खोलेका छन् । यो समूहका ट्युनिसिया र नवप्रवेशी पानामा घर आउट भए । समूह ‘एच’ बाट कोलम्बिया विजेता बन्दै अन्तिम १६ मा पुग्दा एसियाली मुलुक जापानले पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

brazil switzerland

रुसका विभिन्न रंगशालामा शनिबारबाट अन्तिम १६ का प्रतिस्पर्धा हुनेछन् । हरेक दिन दुईवटा खेल हुनेछन् । चार दिनको खेलपछि अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लाग्ने छ । शनिबार हुने पहिलो खेलमा राति पौने ८ बजे अर्जे्न्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । भने राति पौने १२ बजे उरुग्वे र पोर्चुगल भिँड्ने छन् ।

यसैगरी आइतबार अर्थात् जुलाइ १ को राति पौने ८ बजे स्पेन र रुस तथा राति पौने १२ बजे क्रोएसिया र डेनमार्क भिड्नेछन् । सोमबार अर्थात् जुलाइ २ को राति ब्राजिलले मेक्सिकोसँग खेल्दा सोही दिन राति पौने १२ बजे बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुनेछ । मंगलबार अर्थात् जुलाइ ३ मा हुने पहिलो खेलमा राति पौने ८ बजे स्वीडेन र स्वीजरल्याण्ड आमने–सामने हुँदा राति पौने १२ बजे कोलम्बिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);