विश्वकप फुटबल : समूह चरणमा ११७ गोल, केनको नाममा ५ गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विश्वकप फुटबल : समूह चरणमा ११७ गोल, केनको नाममा ५ गोल

lukaku-kane-ronaldo

काठमाडौं, १५ असार । २१ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको खेल सकिएको छ । समूह चरणमा जम्मा १ स १७ गोल भएको छ । खासगरी विभिन्न क्लबबाट खेल्ने खेलाडीहरु समूह चरणमा चम्किएका छन् ।

रुसले आयोजना गरेको यस विश्वकपमा अन्तिम १६ (प्रि–क्वाटर फाइनल) मा पुग्ने टोलीको छिनोफानो भइसकेको छ । त्यसैगरी बाँकी १६ टिमले गरुंगो मन बोकेर घर फर्कनु पर्ने भएको छ । त्यसमा सामेल छ डिफेन्डिङ च्याम्पियन जर्मनी ।

जारी विश्वकपमा क्लबबाट व्यवसायिक फुटबल खेल्ने खेलाडीहरु नै चम्किए । समूह चरणमा भएको १ सय १३ गोल मध्य रियल मड्रिड र बार्सिलोनासँग जोडिएका खेलाडीको मात्र १७ गोल गरे । १७ गोलमा ९ गोल रियल मड्रिड सम्बद्ध खेलाडीले गरेका छन् भने बार्सिलोना सम्बद्ध खेलाडी त्यो भन्दा १ गोल पछाडी छन् । उनीहरुले ८ गोल गरेका छन् । त्यसैगरी टोटनह्याम सम्बद्धले ८ गोल, म्यानचेस्टर युनाइटेड सम्बद्धले ६ गोल गरेका छन् ।

ह्यारी केनको ५ गोल
समूह चरणमा इंल्यान्डका कप्तान ह्यारी केनले ५ गोल गरेका छन् । जारी विश्वकपमा ५ गोल गर्ने उनी पहिलो खेलाडी हुन् । केनलाई बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान ४–४ गोल गरी पछ्याइरहेका छन् । गोलकर्ताको सूचीमा केन शीर्ष स्थानमा छन् ।

englandvstunisia

जारी विश्वकपमा ८६ खेलाडीले कम्तिमा १ गोल गरिसकेका छन् । त्यसमध्येमा १८ ले आफ्नो टिमका लागि एक भन्दा बढी गोल गरेका छन् । ती १८ मा पाँच गोल गरेका ह्यारी केन सबैभन्दा अगाडि छन् । रोमेलु लुकाकु र क्रिस्टियानो रोनाल्डोले ४-४ गोल गरेका छन् । त्यस्तै २ जनाले ३–३ गोल गरेका छन् भने १३ जनाले २ गोल गरेका छन् । समूह चरणमा १ गोल मात्र गर्ने ६८ जना छन् ।

५ गोल गरेका ह्यारी केन शीर्ष स्थानमा छन् । त्यसैगरी क्रिस्टियानो रोनाल्डो ४ गोल, रोमेलु लुकाकु ४ गोल, डेनिस चेरीसेव (रुस) ३ गोल र डिएगो कोस्टा (स्पेन)लेसमते ३ गोल गरिसकेका छन् । त्यसैगरी वहाबी खजरी (ट्युनिसिया), इडेन हजार्ड (बेल्जियम), आर्टयोम देजुबा (रुस), फिलिप कोटिन्हो (ब्राजिल), मोहम्मद सालेह (इजिप्ट), येरी मिन (कोलम्बिया) ले २–२ गोल गरेका छन् ।

lukaku-romelu

त्यस्तै अहमद मुसा (नाइजेरिया), जोन स्टोन्स (इंल्यान्ड), लुका मोड्रिक (क्रोएसिया), एन्ड्रियास ग्रान्कभिस्ट (स्विडेन), अस्कर तबरेज (उरुग्वे), माइकल जेडिनाक (अस्ट्रेलिया) र सन हेयुग्मिन (दक्षिण कोरिया) ले समेत २–२ गोल गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);