रसफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

रसफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं। मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ। मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ। यसैसमूहबाट अमेरिका उपविजेता बन्यो। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस रसफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५०औं मिनेटमा रसफोर्डले फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

५२औं मिनेटमा कप्तान ह्यारी केनको पासमा उपलब्ध सदुपयोग गर्दै फोडेनले गोल गरे । ६८ औं मिनेटमा रसफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।

Leave a Reply