मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डको सहज जित

एजेन्सी,२८ कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

वेम्बलीमा इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी मग्वाएर, जाडोन सान्चो र डोमिनिक लेविनले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा कप्तान ह्यारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा सान्चोले गोल गर्दा इंग्ल्यान्ड २–० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा लेविनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);