इंग्ल्यान्डसँग एन्डोरा ४–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इंग्ल्यान्डसँग एन्डोरा ४–० गोल अन्तरले पराजित

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले एन्डोरालाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४–० गोल अन्तरले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे भने कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे । खेलको १८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए । ७८ औं मिनेटमा लिंगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्ड ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए ।

यस जितसँगै इंग्ल्यान्डले छनोटमा लगातार पाँचौं जित निकालेको छ । समूह आईमा रहेको इंग्ल्यान्डले १५ अंक जोडदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);