प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित

एजेन्सी, ६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । मंगलबार बिहान सम्पन्न खेलमा आर्सनलले न्युकासललाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे भने बुकायो साकाको नाममा एक गोल रह्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । जितसँगै आर्सनलले १९ खेलमा २७ अंक जोड्दै लिगको दशौँ स्थानमा उक्लिएको छ भने न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);