काठमाडौँ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ । बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका पदाधिकारीहरूसँग छलफल हुनेछ ।




