देश/समाज

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रश्तुतकर्तासँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र  विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका  प्रतिवेदन माथि छलफल हुनेछ ।

Related Post
Share

This website uses cookies.