महिला अधिकारको कार्यान्वयन र पहुँच मुख्य चुनौतीः अध्यक्ष पराजुली | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

महिला अधिकारको कार्यान्वयन र पहुँच मुख्य चुनौतीः अध्यक्ष पराजुली

काठमाडौँ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले हाल जारी रहेको संविधान संशोधनको बहसका क्रममा लैंगिक पक्षलाई थप सुदृढ बनाउन सुझावहरू प्राप्त भइरहेको उल्लेख गर्नुभएको हो ।

उहाँले संवैधानिक र कानूनी रूपमा प्राप्त अधिकारहरूलाई लक्षित वर्गसम्म पु¥याउनु नै अहिलेको प्रमुख कार्यभार भएकोमा जोड दिनुभयो । वर्तमान सरकार महिलामैत्री र लैंगिक सवालमा सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले सरकारको हालसम्मको कार्यसम्पादनप्रति सन्तोष व्यक्त गर्नुभयो । उहाँले इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्मा ४० प्रतिशत महिलाको उपस्थिति हुनु र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजन हुनुलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो । अध्यक्ष पराजुलीले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै बाँकी रहेका विभेदहरू अन्त्य गर्न सबै पक्षको सामुहिक प्रतिवद्धता र सक्रियताको खाँचो रहेको समेत स्पष्ट पार्नुभयो ।

Leave a Reply