पार्टी एकिकरणका बेला गरिएका सहमतिमा कार्यान्वयन नभएकै कारण पार्टीमा समस्या : पुष्पकमल दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पार्टी एकिकरणका बेला गरिएका सहमतिमा कार्यान्वयन नभएकै कारण पार्टीमा समस्या : पुष्पकमल दाहाल

काठमाडौँ, ५ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ले पार्टी एकिरकरणका बेला गरिएका सहमतिमा कार्यन्वयन नभएकै कारण पार्टीमा समस्या आएको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकमा अध्यक्ष दाहालले पार्टी एकता हुँदा विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउनुभएको हो ।

कार्यक्रममा नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नरहेको टिप्पणी गर्नूभयो ।उहाँले पार्टीको आधिकारिकता र सुर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);