एनपिएलमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ ।

नेपाल प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछ । जसअनुसार मध्यान्ह साढे १२ बजे विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सबीच खेल हुनेछ । तीनमा दुई जित र एकमा हार व्यहोरेको जनकपुर चार अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा एकमा जित र दुईमा हार व्यहोरेको विराटनगर २ अंकसहित छैटौं स्थानमा छ । जनकपुरले पोखरा र काठमाडौंलाई हराएको छ भने कर्णालीसँग पराजित भएको थियो । त्यस्तै विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको हो भने चितवन र कर्णालीसँग पराजित भएको हो । त्यस्तै साँझ ५ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । पोखरा दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी दुई खेलबाट तीन अंक बटुलेर बसेको छ । लुम्बिनीले सुदूरपश्चिमलाई हराएको हो भने दोस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा चितवन राइनोजसँग अंक बाँडेको हो ।

पछिल्लो समाचार

Leave a Reply

ताजा समाचार