ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो । यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र ललितपुरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्ने दाउमा देखिएको छ ।

भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो । ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन । ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);