राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं, १३ माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र वालिङबीचको खेल बिहान साढे ११ बजेबाट हुनेछ । वालिङविरुद्ध मैदान उत्रिदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह साढे २ बजेबाट बजे सुरु हुनेछ । एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिका र दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई पराजित गरेको थियो ।

उता आर्मी भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७–० ले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);