ए डिभिजन लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, २४ फागुन । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लव भिड्नेछन् ।

पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ । च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लव र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);